गण्डकी प्रदेश : सभामुखले सर्वदलीय बैठक बोलाउने
पोखरा । गण्डकी प्रदेशसभाको स्थगित विशेष अधिवेशनको बैठक कहिले बोलाउने भन्ने सन्दर्भमा सभामुखले सर्वदलीय बैठक बोलाएर छलफल गर्ने भएका छन् । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सर्वदलीय बैठक आह्वान गरेर निकास खोज्ने सहमति भएको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता सहभागी हुने गरी सर्वदलीय बैठक बोलाइने र सोही बैठकले विशेष अधिवेशनको स्थगित बैठकपछिको घटनाक्रम समीक्षा गर्दै निकास खोज्ने निर्णय गरेको हो ।
प्रदेशसभाका सूचना अधिकारी जितेन्द्र जंग केसीका अनुसार परामर्श समितिको बैठकमा सभामुखले चाँडै नै अनुकुल समय मिलाएर सर्वदलीय बैठक बोलाउने समझदारी भएको छ ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रस्तुत गरिएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने कार्यसूची रहेकै दिन राष्ट्रिय जनमोर्चाका एक सांसद सम्पर्कविहीन भएपछि प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठक स्थगित भएको थियो ।
त्यसयता प्रदेशसभाको विशेष अधिवेशनको बैठक बस्न सकेको छैन भने अविश्वास प्रस्ताव पनि अल्झिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउन प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
-
जनकपुरस्थित सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
-
वर्ल्डलिंकले दायर गरेको सबै मुद्दा खारेज, राज्यलाई २ अर्ब बुझाउनुपर्ने
-
मधेसमा ४ दल मिलेर सरकार गठन गर्ने, मुख्यमन्त्रीमा सहमति हुन बाँकी
-
नेपाल बैंकको सुरक्षा गार्डको हत्या आरोपमा सशस्त्रका पूर्वजवान पक्राउ
-
मधेस प्रदेश : एमाले र माओवादी केन्द्रद्वारा समर्थन फिर्ता, जसपा नेपाललाई झट्का