श्रीलङ्कामा हवाई यात्रामा कडाई, विमानमा ७५ यात्रु मात्र उड्न पाउने

कोलम्बो । श्रीलंकाले कोरोनाभाइरस (कोभिड–१९) महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि हवाई यात्रामा थप कडाई गरेको छ । श्रीलंकाली हवाई उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रा गर्दा बिमानले एक पटकमा ७५ जना भन्दा बढी यात्रु बोक्न पाइने छैन । प्राधिकरणले सबै विमान कम्पनीहरुलाई सरकारको निर्णय बारे जानकारी गराइसकेको छ ।
दुई सातापछि मुलुकभित्र कोभिडको अवस्थाका बारेमा मूल्यांकन गरेपछि थप निर्णय लिइने प्राधिकरणले जनाएको छ ।
यसैबीच, श्रीलंकामा पछिल्ला दिनहरुमा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । आइतबार हालसम्मकै उच्च संख्यामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । श्रीलंकाली स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८०० जनामा कोरोना पुष्टि भएको छ ।
यो सहित श्रीलंकामा कोरोनाभाइरसका संक्रमितको संख्या एक लाख १२ हजार पुगेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ
-
दोब्बरले बढ्यो भैरवस्थान मन्दिरको भेटी
-
अस्ट्रेलियाले मानेन ट्रम्प ट्यारिफविरुद्ध हात मिलाउने चीनको प्रस्ताव
-
२०८१ मा बढी कमाउने ४ फिल्म, कमाई कति ?
-
पछिल्लो २४ घण्टामा चट्याङबाट ५ जनाको मृत्यु
-
कर्णालीका मुख्यमन्त्रीद्वारा एक वर्षे उपलब्धि सार्वजनिक (विवरणसहित)