आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुन बरामद

सोमबार, २० वैशाख २०७८, १४ : १८
सोमबार, २० वैशाख २०७८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवईबाट ल्याएको डेढ किलो सुन बरामद गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले चेकजाँच गर्दा सो सुन फेला परेको हो ।  सुन ल्याउने पाँच जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा प्यूठान घर भएका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ,  धनबहादुर तामाङ र नवलपुरका राजु विश्वकर्मा छन् ।  फरक–फरक उडानबाट काठमाडौं आएका उनीहरुले स्पिकरमा फिट गरेर सुन ल्याएका थिए । पक्राउ परेकाहरूमाथि विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप