चितवनमा कोरोनाका कारण दुई जनाको मृत्यु
चितवन । जिल्लाका अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत तनहुँका कोरोना सङ्क्रमित र चितवन मेडिकल कलेजमा उपचाररत बाराका सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ४ः ४५ बजे मृत्यु भएको हो ।
अस्पतालका अनुसार यही वैशाख ११ गते निमोनियाको उपचारका लागि अस्पताल भर्ना भएका उनमा १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको हो ।
यस्तै चितवन मेडिकल कलेजमा उपचारका क्रममा बाराको कलैया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको उपचारका लागि वैशाख १४ गते अस्पतालमा भर्ना भएका उनमा १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको आज बिहान ९ः३५ बजे मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संसदमा पेस गर्न समितिको निर्देशन
-
रविलाई हिरासतमा राख्न अदालतको आदेश
-
रवि लामिछानेको बहस स्थगित, ४ जनाले गरे बहस
-
सत्तामा एकाएक बढ्यो जसपा नेपालको ‘बार्गेनिङ पावर’
-
चलचित्र विकास बोर्डले गर्यो विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
-
भन्सारका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग गरिएको छैन : सांसद कार्की