आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भारतमा थप १० जना नेपालीको मृत्यु

सोमबार, २० वैशाख २०७८, १३ : २५
सोमबार, २० वैशाख २०७८

यस साता भारतमा थप १० जना नेपालीको  मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ।  हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । 

यो सातामा साउदीमा पनि थप एक जनाको संक्रमणका कारण ज्यान संघले जनाएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको तथ्यांक अनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड १९ का कारणले  मृत्यु भएको छ ।   

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार भारत रहेका २० हजार भन्दा बढीनेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढी कोरोनामुक्त भएका छन् ।  

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२ हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।  यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप