धादिङ अस्पतालको आपत्कालीन बाहेक सेवा बन्द
धादिङ । धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आपत्कालीन बाहेक सबै सेवा आजदेखि बन्द गरिएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै बहिरङ्ग सेवा बन्द गरेको छ । आपत्कालीन सेवा मात्र सञ्चालन गर्ने गरी अस्पताल खोलिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।
यही वैशाख १५ र १७ गते अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको स्वाब संकलन गरी पठाइएकामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सेवाग्राहीमा थप कोभिड संक्रमण बढ्न नदिन सावधानी अपनाउँदै ओपिडी सेवा बन्द गरिएको हो ।
अस्पतालले तत्काल स्वास्थ्योपचार गर्नुपर्ने तथा अत्यावश्यक अवस्थामा रहेका सेवाग्राहीलाई मात्र अस्पताल आई भीड कम गराएर कोभिडको जोखिम कम गर्नका लागि सहयोग गरिदिन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या