बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'एमालेले गुनासो सुन्यो, हामी संसदीय दलमा फर्कियौं'

सोमबार, २० वैशाख २०७८, १७ : ३८
सोमबार, २० वैशाख २०७८

लुम्बिनी प्रदेशका स्वतन्त्र राजनीति समूहका प्रदेशसभा सदस्य अजय शाहीले एमालेले आफूहरुको गुनासो सुनुवाइ गरेकाले सो पार्टीको संसदीय दलमा फर्किएको बताएका छन् । 

उनले रातोपाटीसँग भने, ‘एमालेसँग हाम्रो केही गुनासो र असन्तुष्टि थियो, त्यही भएर त्यसलाई छाडेर विपक्षी गठबन्धनमा लागेका थियौं, तर एमालेले हाम्रो गुनासो र असन्तुष्टि सम्बोधन गरेपछि  फर्केका हौं ।’ 

एमालेको चुनाव चिन्हबाट चुनाव जितेपनि सो पार्टीको संसदीय दलमा स्वतन्त्र राजनीतिक समूहको कुनै मान सम्मान र प्रतिष्ठा नभएको गुनासो गर्दै उनले त्यसका लागि आफूहरुले पटक पटक कुरा उठाउँदै आएपनि सुनुवाइ नभएको बताए । 
यस विषयमा केन्द्रीय मन्त्री एवं समूहका संयोजक हृदयश त्रिपाठी, संघीय सांसद वृजेश गुप्तालगायतसँग छलफल भएपछि एमालेले आफूहरुको गुनासो सम्बोधन गरेको उनको दावी छ । 

उनले आफूहरु कारवाहीको डरले एमालेको संसदीय दलमा नफर्केको पनि दावी गरे ।

उनीसहित विपक्षी गठबन्धनतिर लागेका धर्मवहादुर लाल श्रीवास्तवले विज्ञप्ति समेत जारी गरेर एमाले संसदीय दलमा फर्किएको स्पष्ट पारिसकेका छन् ।  उनीहरुले आइतबार भने  सूर्य चिन्हबाट निर्वाचन लडेपनि मुख्यमन्त्री शंकर पोखरेलको विपक्षमा हस्ताक्षर गरेका थिए । 

 तर २४ घण्टा नबित्दै कपिलवस्तु–२ ‘ख’ बाट निर्वाचित श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित शाहीले  आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको जनाएका हुन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप