पत्रकारलाई काम गर्ने वातावरण बनाउन आग्रह (भिडियो सहित)
काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीको बेलामा पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चार गृहसँग आग्रह गरेका छन् । सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चार ग्राममा आयोजित कार्यक्रम पछि कुरा गर्दै अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीका कारण पत्रकारहरू पीडित हुने अवस्था रहेको भन्दै पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृह हरुलाई आग्रह गरेका हुन् । पत्रकारको पेसागत सुरक्षा, सेवा सुविधाको सुनिश्चितताका लागि सञ्चारगृहलाई प्रतिवद्धता जनाउनका लागि अपिल पनि गरेका छन् । उनले भने– ‘पत्रकार महासंघले कोही पनि पत्रकार साथीहरु निष्काशनमा परेको अवस्था, खबर सुन्न नपरोस् । कोही पनि साथीले तोकिएको सेवा सुविधाबाट आफुलाई वञ्चित भएको गुनासो गर्ने अवस्था, त्यसको विरुद्ध अदालत जानसक्ने अवस्था नआओस् । र सबै सञ्चार संस्थाहरुले त्यहाँ काम गर्ने सबै श्रमजिवीहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण मिलाओस् । र उहाँहरुको पेशागत सुरक्षा, सेवा सुविधाको सुनिश्चितताका लागि प्रतिवद्धता जनाओस् भनेर हामीले अपिल गरेका छौँ ।’
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोरोना भाइरस संक्रमणका कारण संसारभरको पत्रकारितालाई रक्षात्मक अवस्थामा पुर्याएको बताए । महामारीको बीचमा पनि पत्रकारहरुले जनतालाई सुसूचित गर्ने, सत्यतथ्य समाचार सम्प्रेषण गर्ने र गलत क्रियाकलापको आलोचनामा खरो रुपमा उत्रिएको उनको भनाई छ । कोरोनाको बहानामा सञ्चारकर्मीलाई विस्थापित गर्नेहरुको विरुद्धमा पत्रकार महासंघ सशक्त ढंगले अगाडि बढ्ने उनले बताए ।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेलामा पत्रकारलाई केन्द्रीत गरेर सुरक्षाका उपाय अपनाउन निर्देशिका जारी गरेकाले सो निर्देशिकाको पालना गर्न अनुरोध गरे । कोरोना बाहानामा सञ्चार गृहबाट पत्रकारलाई निष्काशन गर्नेलाई कारबाही गर्नुपर्ने उनको भनाई छ । पत्रकारलाई पुनस्र्थापित गर्नका लागि महासंघले जस्तोसुकै आन्दोलन गर्न पनि तयार भएको उनले बताए ।
नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा ५ सय १७ जना पत्रकारहरू पीडित भएको तथ्याङ्क पत्रकार महासंघले सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा