शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेता पौडेल अस्वस्थ बन्दा काँग्रेस पदाधिकारी बैठक स्थगित

सोमबार, २० वैशाख २०७८, १२ : १४
सोमबार, २० वैशाख २०७८

काँग्रेस पदाधिकार बैठक स्थगित भएको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक मंगलबार बस्ने गरी स्थगित भएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए । 

महतका अनुसार सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक सन्दर्भमा र १४ औं महाधिवेशनबारे छलफल गर्ने बैठक बोलाए पनि वरिष्ठ नेता पौडेलको आग्रहमा सोमबारको बैठक मंगलबार सारिएको हो । 

पौडेलले आज आफूलाई अलि सञ्चो नभएको भन्दै बैठक सार्न आग्रह गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप