कोरोनाका कारण हेटौंडा अस्पतालमा एक महिलाको मृत्यु
सोमबार, २० वैशाख २०७८, १२ : ११

कोरोना भाइरसको संक्रमणका कारण हेटौंडामा थप एक जनाको मृत्यु भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत एक महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेले जानकारी दिए ।
मृत्यु हुनेमा महोत्तरी जिल्लाको जलेश्वर–२ बस्ने ५० वर्षीय महिला रहेकी छिन् ।
उनको कोभिड एचडियूमा उपचारका क्रममा विहान ९ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक महिलामा अन्य कुनैपनि स्वास्थ्य समस्या नरहेको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले जानकारी दिए ।
यस अघि हेटौंडा अस्पतालमा हेटौंडाका एक जना पुरुषको आइतबार राति र बारा जिल्लाका एक पुरुषको आज सोमबार विहान मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
युक्रेन युद्ध रोकिने आशा छ : मार्क रुबियो
-
एक्सले काम नगरेपछि यसो भन्छन् मस्क