झापाको ब्रिकेट फ्याक्ट्रीमा आगलागी
सोमबार, २० वैशाख २०७८, ११ : ५४
मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित एउटा फ्याक्ट्रीमा आगलागी भएको छ । पराजुली बायोमास ब्रिकेट कोइला फ्याक्ट्रीमा सोमबार बिहान ३ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भएर लागेको आगो नियन्त्रणका लागि मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक र उर्लाबारीको ६ वटा दमकलसहित स्थानीयवासी, सशस्त्र र नेपाल प्रहरी खटिरहेको भए पनि बिहान ११ बजेसम्म पनि नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय चन्द्रगढीका सूचना अधिकारी राकेश थापाले रातोपाटीलाई बताए ।
आगलागीबाट मानवीय क्षति नभए पनि फ्याक्ट्रीभित्र कोइला उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थ, तयारी कोइला र केही सवारी साधनसमेत रहेकाले ती कति नष्ट भए भन्ने यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशमा पुस ९ भित्र खेलाडीले आफूलाई दर्ता गर्नुपर्ने
-
टोखाको आगलागी नियन्त्रणमा
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
-
टोखामा आगलागी
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा