गण्डकीमा आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
गण्डकी प्रदेशसभा बैठक सुचारु गर्ने सम्वन्धमा छलफल गर्नका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफल गरेर संसदको बैठक संचालन गर्नका सोमबार ११ बजेका लागि परामर्श समितिको बैठक डाकिएको हो ।
यही वैशाख १५ गते संसदमा अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची प्रकाशन भएपछि राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले आफ्नो पार्टीका सांसद बेपत्ता भएकाले उनीको वास्तविकता पत्ता नलागनजेल बैठक स्थगित गर्न माग गरेकी थिइन् । त्यसलगत्तै सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठक स्थगित गरेपछि समितिको बैठक बस्न सकेको थिएन ।
बैठक नबस्दा स्थगित प्रदेश सभा बैठक कहिले सुरु हुन्छ भन्ने टुंगो लाग्न सकेको थिएन । आज बस्ने परामर्श समितिको बैठकले संसद कहिले सुरु हुने भन्ने निर्णय गर्ने छ ।
प्रदेश सभामा पेस भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । तर, मतदानकै दिन जनमोर्चा सांसद खिम विक्रम शाही बिनासूचना बेपत्ता भएपछि सभामुख अधिकारीले अनिश्चित कालका लागि बैठक स्थगित गरेका थिए ।
कार्यसूचीमै मतदान गर्ने तोकिइसकेको अवस्थामा सभामुख अधिकारीले संसद अनिश्चितकालका लागि स्थगन गरेपछि सत्तारुढ दल नेकपा एमालेले उनको चर्को आलोचना गर्दै आएको छ । सत्तारुढ दल एमालेले सभामुखको राजीनामा दिएपछिमात्रै संसद अघि बढ्न दिने बताउँदै आएको थियो ।
सभामुख अधिकारीका स्वकिय सचिव सौगात आचार्यले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सवै दलहरूसँगको अनौपचारिक छलफलपछि सोमबारका लागि कार्य ब्यवस्था परामर्श समितिको बैठक बोलाइएको जानकारी दिए । उनले सभामुखले सवै दलको सहमतिपछि जारी बिशेष अधिवेशनमा पेश भएको अविश्वास प्रस्ताव टुङ्गाउनका लागि बैठक डाकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसभा निर्वाचन : अमेठीबाट राहुल र रायबरेलीबाट प्रियंका चुनाव लड्ने
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
-
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ