बेलको ह्याटिकमा टोट्नेनह्याम विजयी
सोमबार, २० वैशाख २०७८, ०७ : ५९
ग्यारेथ बेलले तीन गोल गरेको खेलमा टोट्ेनह्याम हट्स्परले सेफिल्ड युनाइटेडलाई ४–० ले हराएको छ । बेलले ३६, ६१ र ६९ मिनेटमा गोल गरे । त्यस्तै, सन हंग मिंगले ७७ मिनेटमा अर्को गोल थपे ।
जितसँगै ३४ खेलबाट ५६ अंक बटुल्दै टोटेनह्याम लिगको पाँचौ स्थानमा उक्लिएको छ । तेस्रो स्थानको लेस्टरले समान खेलबाट ६३ र चौथो स्थानको चेल्सीले ६१ अंक बटुलेका छन् । त्यस्तै, ३३ खेलबाट ५५ अंक बटुलेको वेस्टह्याम छैटौं र ५४ अंक बटुलेको लिभरपुल सातौं स्थानमा छन् ।
प्रिमियर लिगको शीर्ष शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी ,दोस्रो स्थानको म्यानचेस्टर युनाइटेभन्दा १३ अंकले अघि छ । सिटीले ३४ खेलबाट ८० र युनाइटेडले ३३ खेलबाट ६७ अंक बटुलेका छन् ।
सिटी उपाधिबाट एक खेलले मात्रै टाढा रहेको अवस्थामा शीर्ष चारको प्रतिस्पर्धा भने पेचिलो बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ