शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

आजदेखि आन्तरिक उडान बन्द

सोमबार, २० वैशाख २०७८, ०७ : ०१
सोमबार, २० वैशाख २०७८

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारदेखि आन्तरिक उडान बन्द हुने भएको छ । संक्रमण तीब्र रुपमा फैलिएको भन्दै सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले सडक आवागमन ठप्प बनाए पनि हवाई मार्ग खुला राखेको थियो । 

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । 

सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार सोमबार रातिदेखि आन्तरिक र बुधबार (वैशाख २२ गते) बाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको हो ।

आवश्यक पर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भने हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप