शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुनर्गठित लुम्बिनी प्रदेश सरकारको पहिलो निर्णय: कोरोना उपचार कोषमा १० करोड

सोमबार, २० वैशाख २०७८, ०० : २७
सोमबार, २० वैशाख २०७८

बुटवल । पुनर्गठित लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद पहिलो बैठकले कोरोना उपचार कोषमा १० करोड रुपैया थप गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेशका ४ वटा कोरोना अस्पतालमा जनशक्ति दरवन्दी थप गर्ने निर्णय समेत गरेको छ ।

बैठकले भैरहवास्थित भीम अस्पतालमा ७१ जना, बेलझुण्डीस्थित राप्ती कोरोना विशेष अस्पतालमा १७१ जना, लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १८९ जना र भेरी अस्पताल नेपालगञ्जमा १५२ जना गरी जम्मा ५८३ जनाको अस्थायी दरबन्दी समेत स्वीकृत गरेको छ । बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले कोरोना उपचार कोषमा १० करोड र अस्पतालहरुमा अस्थायी दरबन्दी थप्ने निर्णय भएको जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप