बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कालिकोटमा र दैलेखमा पनि निषेधाज्ञा

आइतबार, १९ वैशाख २०७८, २१ : ५८
आइतबार, १९ वैशाख २०७८

पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)को स्थिति भयावह बन्दै गएपछि कर्णालीका जिल्लाहरुमा निषेधाज्ञा लागु गर्न थालिएको छ ।  यसअघि सुर्खेत, जाजरकोट र सल्यानमा निषेधाज्ञा लागु गरिसकिएको छ भने कालिकोटमा आईतबार (आज) देखि निषेधाज्ञा लागु गरिएको छ।   

यस्तै दैलेखमा पर्सी मंगलबार देखि निषेधाज्ञा गर्ने निर्णय भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले जानकारी दिए । ‘हामीले मंगलबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा गर्ने निर्णय गरेका छौँ,’उनले भने । कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि कोरोना संकट व्यवस्थापन समितिको  बैठक बसेर नै सो निर्णय गरेको उनले बताए ।  
उनका अनुसार मंगलबार राति १२ बजेदेखि वैशाख २८ गते मंगलबारसम्म दैलेखमा निषेधाज्ञा जारी गरिने छ।  

दैलेखमा विशेषगरी भारतबाट आउनेको सङ्ख्या बढ्दै गएकोले नागरिकस्तरमा पनि स्वास्थ्य मापदण्डको पालनामा कमी देखिएको भन्दै कोरोना महामारी थप फैलन नदिन अन्तिम विकल्पका रूपमा निषेधाज्ञा गर्ने निर्णय भएको उनले बताए ।  

दैलेखमा आइतबारसम्म १ सय ३३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने जिल्लामा हालसम्म कोरोनाका सङ्क्रमणका कारण ७ जनाले ज्यान गुमाइसकेका छन् ।
कालिकोटमा  आजदेखि  एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संकट व्यवस्थापन समितिको शनिबारको बैठकको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिको आइतबारको बैठकले निषेधाज्ञाको निर्णय गरेको हो ।

निषेधाज्ञा बैशाख २६ गते राति १२ बजेसम्म लागू हुने जनाइएको छ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप