शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री केपी ओलीले खोले नेपाल बैंकमा खाता

आइतबार, १९ वैशाख २०७८, १९ : ५६
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । चौंथो राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बैंकमा अनलाइनबाट खाता खोलेका छन् ।

प्रधानमन्त्री ओलीले नागरिक एपको शुभारम्भ गर्दै एपमार्फत नेपाल बैंकमा खाता खोलेका हुन् । नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्ड सहितका विवरण समावेश छ ।

नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाइनबाट बैंक खाता, लोक सेवा फाराम भर्न, सिम कार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप