वडा अध्यक्ष बानियाँद्वारा सामुदायिक प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण
मकवानपुर । सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–९ पशुपतिनगरलाई हेटौंडाका एक वडा अध्यक्षले एम्बुलेन्स सहयोग हस्तान्तरण गरेका छन् । हेटौंडा महानगरपालिका वडा नम्बर–५ का वडा अध्यक्ष राजेश बानियाँले आफ्ना स्वर्गीय हजुरबुबा चेतसिं बानियाँ र बाबु वीरेन्द्रबहादुर बानियाँको स्मृतिमा सामुदायिक प्रहरी सेवा केन्द्रलाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
नागरिकका हरेक दुःख र विपदको घडीमा साथ रहने प्रहरी र प्रहरी सेवालाई नागरिक प्रति थप उत्तरदायी बनाउने तथा प्रहरी सेवालाई उत्कृष्ट बनाउने उद्देश्यका साथ वडा अध्यक्ष बानियाँले उक्त एम्बुलेन्स हस्तान्तरण गरेको बताए ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी वसन्तकुमार लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सोमेन्द्रसिंह राठौर र सामुदायिक सेवा केन्द्र हेटौंडा–९ पशुपतिनगरका राम विष्टलाई संयुक्त रुपमा वडा अध्यक्ष बानियाँले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
एम्बुलेन्स हस्तान्तरण गर्दै वडा अध्यक्ष बानियाँले सामुदायिक प्रहरीले एम्बुलेन्सको सही सदुपयोग गरी नागरिकको सेवामा सक्रिय रुपमा प्रयोग गर्न आग्रह गरे । एम्बुलेन्सको सही ढंगबाट प्रयोग गरी प्रहरीको नाम र कामलाई थप उचाई प्रदान गर्नतर्फ सेवा केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने डिआइजी लामाले विश्वास व्यक्त गरे ।
उनले प्रहरी सेवालाई सुधार गर्ने अभियानमा यस एम्बुलेन्सले थप सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । कुल १४ लाख ५० हजार लागतमा वडा अध्यक्ष बानियाँले उक्त एम्बुलेन्स खरिद गरी सेवा केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)