ठेगाना पनि डिजिटल प्लेटफर्ममा, ‘कहाँ’ एपमा पाइन्छ यस्तो सुविधा
काठमाडौं । ठेगानालाई डिजिटाइजेशन गर्ने क्रममा ‘कहाँ’ एपको विकास गरिएको छ । कुनै ठाउँ, रेस्टुरेन्ट, घर, कार्यालय वा कुनै पनि ठाउँ पुग्न कहाँ एपले जानकारी दिनेछ ।
मेसो भिजन टेक्नोलोजीले विकास गरेको ‘कहाँ’ एपले केहि क्लिकमै सोधिएका धेरै प्रश्नको उत्तर दिने छ । आइतबारबाट सार्वजनिक गरिएको ‘कहाँ’ स्थानीयकरण गरिएको एप भएको कम्पनीले जनाएको छ । यसलाई प्रयोग गर्न निकै सजिलो भएको र नेपाली भाषामा समेत उपलब्ध छ ।
प्रविधिको चरम विकास भएको अबस्थामा पनि नेपालमा ठेगानाला डिजिटाइज्ड गर्न सकिएको छैन । विदेशमा हेर्दा ठाउँको चिनारी दिन सडक, गल्ली, घरलाई कोड नम्बर दिएर नक्सामा समावेश गरिएको पाइन्छ ।
ठेगाना पत्ता लगाउन पर्ने गरेको समस्यालाई समाधान गर्न कहाँ एप सार्बजनिक गरिएको यस एपको विकासकर्ता नारायणाबहादुर क्षेत्रीले बताए ।
कहाँ एपमा ब्यक्तिगत ठेगाना र आफ्नो व्यवसायलाई सूचीकृत गराउन सकिन्छ । आफ्नो ब्यवसाय सूचीकृत गरेपछि यसमा ब्यवसायको ठेगाना, तस्बिर, उत्पादनहरूलाई ब्यक्ति स्वयंले एपमा राख्न सक्छ । त्यसलाई अरू कहाँ प्रयोगकर्ताहरूलाई बाँड्न सकिन्छ । यस एपलाई प्रयोगकर्ता मैत्री बनाइएको छ । यसमा सन्देश आदानप्रदानको सुविधासमेत छ । आफ्नो समुदायमा भएका असामान्य घटनाहरू जस्तै दुर्घटनाको स्थान, चोरी, आगलागीलगायतका, खतरनाक गतिविधिहरू रिपोर्ट गर्न यस एपलाई प्रयोग गर्न सकिन्छ । ब्यक्तिगत प्रयोगकर्ताहरूलाई ठेगानाका लागि स्थायी ट्यागहरू दिइने र यो नीजि हुने कम्पनीले जनाएको छ ।
कहाँ एपबाट आफ्नो ठेगाना नजिकै पाइने बस्तु तथा सेवाको जानकारी समेत पाउन सकिन्छ । कहाँ एपले प्रदान गर्ने ट्यागहरू मार्फत नजिकका, पसल, ग्याँस डिपो, बालुवा डिपो, ब्युटीपार्लर, बार्वर सपलगायतका स्थानहरू खोज्न सकिन्छ । यसमा होटेल, रिसोर्ट, गेस्टहाउस, विद्यालय, कलेज, र शैक्षिक सेवाजस्ता स्थायी ट्यागहरू त्यसमा हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन जरुरी : अध्यक्ष दाहाल
-
विश्व टेनिसमा अब खेलका क्रममा प्रशिक्षकले खेलाडीलाई सुझाव दिन पाउने
-
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
-
बाल्टिमोरमा ‘किड्स ट्यालेन्ट शो’ सम्पन्न
-
दलित हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन जरुरी छ : अध्यक्ष दाहाल
-
प्रधानमन्त्रीलाई एमाले ललितपुरको ध्यानाकर्षण