बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

ठेगाना पनि डिजिटल प्लेटफर्ममा, ‘कहाँ’ एपमा पाइन्छ यस्तो सुविधा

आइतबार, १९ वैशाख २०७८, १९ : ४९
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । ठेगानालाई डिजिटाइजेशन गर्ने क्रममा ‘कहाँ’ एपको विकास गरिएको छ ।  कुनै ठाउँ, रेस्टुरेन्ट, घर, कार्यालय वा कुनै पनि ठाउँ पुग्न कहाँ एपले जानकारी दिनेछ । 

मेसो भिजन टेक्नोलोजीले विकास गरेको ‘कहाँ’ एपले केहि क्लिकमै सोधिएका धेरै प्रश्नको उत्तर दिने छ । आइतबारबाट सार्वजनिक गरिएको ‘कहाँ’ स्थानीयकरण गरिएको एप भएको कम्पनीले जनाएको छ । यसलाई प्रयोग गर्न निकै सजिलो भएको र नेपाली भाषामा समेत उपलब्ध छ । 

प्रविधिको चरम विकास भएको अबस्थामा पनि नेपालमा ठेगानाला डिजिटाइज्ड गर्न सकिएको छैन । विदेशमा हेर्दा ठाउँको चिनारी दिन सडक, गल्ली, घरलाई कोड नम्बर दिएर नक्सामा समावेश गरिएको पाइन्छ । 

ठेगाना पत्ता लगाउन पर्ने गरेको समस्यालाई समाधान गर्न कहाँ एप सार्बजनिक गरिएको यस एपको विकासकर्ता नारायणाबहादुर क्षेत्रीले बताए । 

कहाँ एपमा ब्यक्तिगत ठेगाना र आफ्नो व्यवसायलाई सूचीकृत गराउन सकिन्छ । आफ्नो ब्यवसाय सूचीकृत गरेपछि यसमा ब्यवसायको ठेगाना, तस्बिर, उत्पादनहरूलाई ब्यक्ति स्वयंले एपमा राख्न सक्छ । त्यसलाई अरू कहाँ प्रयोगकर्ताहरूलाई बाँड्न सकिन्छ । यस एपलाई प्रयोगकर्ता मैत्री बनाइएको  छ । यसमा सन्देश आदानप्रदानको सुविधासमेत छ । आफ्नो समुदायमा भएका असामान्य घटनाहरू जस्तै दुर्घटनाको स्थान, चोरी, आगलागीलगायतका, खतरनाक गतिविधिहरू  रिपोर्ट गर्न यस एपलाई प्रयोग गर्न सकिन्छ । ब्यक्तिगत प्रयोगकर्ताहरूलाई ठेगानाका लागि स्थायी ट्यागहरू दिइने र यो नीजि हुने कम्पनीले जनाएको छ ।

कहाँ एपबाट आफ्नो ठेगाना नजिकै पाइने बस्तु तथा सेवाको जानकारी समेत पाउन सकिन्छ । कहाँ एपले प्रदान गर्ने ट्यागहरू मार्फत नजिकका, पसल, ग्याँस डिपो, बालुवा डिपो, ब्युटीपार्लर, बार्वर सपलगायतका स्थानहरू खोज्न सकिन्छ । यसमा होटेल, रिसोर्ट, गेस्टहाउस, विद्यालय, कलेज, र शैक्षिक सेवाजस्ता स्थायी ट्यागहरू त्यसमा हुने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप