शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब खाद्यान्न पसल तथा डिपार्टमेन्टल स्टोर बिहानमात्रै खोल्न दिइने

आइतबार, १९ वैशाख २०७८, १९ : ३७
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरू बिहानको समयमा मात्रै खोल्न दिनेबारे छलफल भएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा बिहान र बेलुका दुबै समय खाद्यान्न र डिपार्टमेन्ट स्टोरहरु खोल्न दिँदा बढी भिडभाड भएको र कोरोना संक्रमण थप फैलनसक्ने विश्लेषणका साथ एक समय मात्रै खोल्न दिनेबारे छलफल भएको हो । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आजको बैठकमा यसबारे छलफल भएको र तीनै जिल्लाका सीडीओ एक समय मात्रै खोल्न दिनुपर्ने निष्कर्षमा पुगेको भन्दै यसबारे भोलि पुनः बैठक बसेर निर्णय लिइने रातोपाटीलाई बताए । 
हाल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म त्यस्ता पसल खोल्न दिइँदै आएको छ । पछिल्लो समय उपत्यकामा संक्रमणको फैलावट तीव्र बन्दै जाँदा मोबिलिटी कम गर्न प्रशासनले निषेधाज्ञा थप कडाइ गर्ने बारे समेत छलफल भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप