अक्सिजनको हाइफ्लो सपोर्टमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्यमा सुधार
आइतबार, १९ वैशाख २०७८, १९ : ३२
काठमाडौं । पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ ।
कोरोना संक्रमण भएपछि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको हो ।
कोरोना संक्रमण भई ९ दिनअघि अस्पताल भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसीयुमै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य रहेको विज्ञप्तीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार अध्यक्ष घिमिरेविरुद्धको अदालतको अवहेलनाको पेसी ३२ औ नम्बरमा
-
बंगलादेशले वेस्ट इन्डिजलाई उसैको घरमा हरायो
-
सुदूरपश्चिम प्रदेश सभा : हिउँदे अधिवेशन चल्ने समयमा बजेट अधिवेशन नै अन्त्य भएन
-
दुर्गा प्रसाईंको मुद्दा न्यायाधीश पोखरेलको इजलासमा पेसी
-
सुनको मूल्य तोलामा ७०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा बीमा कम्पनीका सीईओको हत्या आरोपीविरुद्ध मुद्दा दायर