शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख २७ मा प्रतिनिधिसभाको अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय

आइतबार, १९ वैशाख २०७८, १९ : २६
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । सरकारले  प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ मा  प्रतिनिधिसभाको  अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 
सो निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई  आजै सिफारिस भएको उनको भनाइ छ । 

यसअघि सरकारले बिजनेस नभएको भन्दै सभामुखसँग समेत परामर्श नगरी हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।

(नोट : यसअघि संसदको बजेट अधिवेशन बोलाइएको भन्ने व्यहोरा पर्न गएकोमा क्षमा याचनासहित सच्याइएको छ- सं)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप