शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बढेर आएपनि पेट्रोलियम पदार्थको मूल्य तत्काल बृद्धि नहुने

आइतबार, १९ वैशाख २०७८, १८ : ५७
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । नेपाल आयाल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्ने भएको छ । स्वचालित मुख्य प्रणाली अनुसार पछिल्लो पटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि निगमले कोभिड–१९ को विषम परिस्थितिलाई मनन् गर्दै मूल्यबृद्धि नगर्ने भएको हो ।

आइतबार एक सूचना जारी गर्दै निगमले पछिल्लो पटक मे १ मा  इण्डियन आयल कर्पोरेसनबाट बढेर आएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ७६ पैसा, डिजेलमा ३ रुपैयाँ ४२ पैसा र खाना पकाउने एल.पी ग्यासमा प्रति सिलिन्डर ३७५ रुपैयाँ १३ पैसा घाटा रहेको जनाएको छ । जसबाट निगमलाई हाल पाक्षिक करिब एक सय करोड नोक्सान रहेको जनाएको छ ।

तर, अहिले कोभिड–१९ को विषम परिस्थितिमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्दा मुलुकको अर्थतन्त्र नै असहज अवस्थामा जान सक्ने खतरालाई मनन् गर्दै तत्काल मूल्यबृद्धिलाई रोकिएको निगमले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप