ओखलढुंगामा कोरोना संक्रमितको संख्या ४ पुग्यो
ओखलढुंगा । ओखलढुंगामा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । केही दिनअघि कर कार्यलयमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि उनका परिवारमा गरिएको एन्टिजेन परीक्षणमा उनकी श्रीमतीमा पनि कोरोना पोजेटिभ देखिएको हो । आइतबार जिल्ला स्वास्थ्य कार्यालयले गरेको एन्टिजेन परीक्षणका क्रममा ४० बर्षीय महिलामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।
गत बैशाख १० गते विवाहका लागि चितवन गएका उनीहरु काठमाडौं हुँदै १५ बैशाखमा जिल्ला फर्किएपछि गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । श्रीमानलाई कारोना देखिएको दुई दिनपछि श्रीमतीमा पनि कोरोना देखिएको स्वास्थ्य प्रमुख तिवारीको भनाई छ ।
उनीहरु दुवैजना होम क्वारेन्टिनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाले जनाएको छ । योसँगै जिल्लामा (दोश्रो चरणको लहर) चार जनामा संक्रमण पुष्टी भएको छ । पछिल्लो पटक जिल्लामा गरिएको ३२ जनाको एन्टिजेन परीक्षणका क्रममा चार जनामा संक्रमण देखिएको हो । जिल्लामा कोरोनाको संक्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यलयले अम सर्वसाधरणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल