शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शंकर पोखरेलको नियुक्ति बदर गर्न माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ

आइतबार, १९ वैशाख २०७८, १६ : ४६
आइतबार, १९ वैशाख २०७८

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् ।

प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी गठबन्धन आक्रोशित बनेको हो ।

पछिल्लो समय एमालेका तीन सांसदले राजीनामा दिइसकेका छन् । जसका आधारमा एमालेसँग अब ३७ संसदमात्र बाँकी छन् । उता, विपक्षी गठबन्धनले ४० सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष सरकार गठनको दावी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप