शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु

आइतबार, १९ वैशाख २०७८, १६ : ३८
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २४ घण्टामा २७ जनाको मृत्यु भएको हो । उनका अनुसार २४ घण्टाभित्र ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप