सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

केन्द्रमा केपी ओलीलाई साथ, प्रदेशमा शंकरलाई घात

आइतबार, १९ वैशाख २०७८, १६ : ३७
आइतबार, १९ वैशाख २०७८

संघीय सरकारमा हृदयश त्रिपाठी स्वास्थ्य मन्त्रालय सम्हालिरहेका छन् । उनी एमाले होइनन् तर एमालेको सूर्य चिन्हबाट सांसद निर्वाचित भएका हुन् । त्रिपाठीजस्तै लुम्बिनीमा पनि उनका दुई कार्यकर्ता सूर्य चिन्हबाट प्रदेशसभा सदस्य बनेका थिए । 

तर उनीहरुले आफूहरु एमाले नभएको भन्दै मुख्यमन्त्री शंकर पोखरेलको साथ छाडेका छन् । 
त्रिपाठी र उनको समूहले केन्द्रमा ओलीलाई साथ दिएपनि प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई घात गरेका छन् । मुख्यमन्त्रीलाई आफूहरुको समर्थन नरहेको घोषणा गर्नेमा धर्म बहादुर लाल श्रीवास्तव र अजय शाही रहेका छन् । 

उनीहरुले साथ नदिएपछि पोखरेलमाथि थप संकट आइलागेको छ । 

मन्त्री त्रिपाठी आश्चर्यचकित !

राजनीतिक स्वतन्त्र समूहबाट सूर्य चुनाव चिन्हबाट चुनाव जितेका दुईजना लुम्बिनी प्रदेशसभा सदस्यले एमालेका साथ छाडेपछि समूहका संयोजक ह्रदयेश त्रिपाठी आश्चर्यमा परेका छन् । एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले नेतृत्व गरेको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका त्रिपाठीले आफ्नै समूहका दुईजना सांसदले प्रदेशमा एमालेको साथ छाडेपछि त्यसको सोधखोज गर्न थालेका छन् ।

समूहका प्रदेशसभा सदस्य बहादुर लाल श्रीवास्तव र अजय शाहीले यस्तो किन गरेको भनेर त्रिपाठी त्यसको सोधखोजमा लागेको हाल लुम्बिनी प्रदेशमा रहेका समूहका नेता एवं प्रतिनिधिसभा सदस्य वृजेश गुप्ताले बताए । उनले भने, हामीले समाचार हेरेर यो कुरा थाहा पायौं, हामी पनि आश्चर्यमा छौं, यस्तो कसरी भयो, मन्त्री त्रिपाठी ज्युले पनि सोधखोज गरिरहनु भएको छ  ।’

आफ्नो समूहले एमालेलाई सहयोग गरिरहेको र केन्द्रीय सरकारमा सहभागी भएको गुप्ताले बताए । उनीहरुले एमालेको साथ छाडेको विषयमा समूहमा कुनै छलफल नभएको बताउँदै उनले यसको विषयमा चर्चा समेत नभएको दाबी गरे ।

लुम्बिनी प्रदेशमै रहेका समूहका अर्का नेता पशुपति दयाल मिश्रले पनि यसको विषयमा आश्चर्य प्रकट गरे । उनले भने, उहाँ दुवै जनासँग लुम्बिनी प्रदेश सरकारको बारेमा नियमित कुराकानी हुन्थ्यो, हामी सम्पर्कमै थियौं, तर एमालेको साथ छाड्ने विषयमा हामीसँग कहिल्यै जिकिर गर्नुभएन, सञ्चारमाध्यमबाट थाहा पाएपछि हामी आश्चर्यमा परेका छौं ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप