शंकर पोखरेलले हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश सांसदको आपत्ति
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पुनर्नियुक्तिको लागि हस्ताक्षर दुरुपयोग गरेको केही सांसदले आरोप लगाएका छन् ।
प्रदेशसभा सदस्य धर्म बहादुर लाल श्रीवास्तवले आफूले मुख्यमन्त्री पोखरेललाई समर्थन नगरेको र आफू स्वतन्त्र राजनीतिक समूहमै रहेको रातोपाटीलाई बताए । यस्तै अजय शाहीले पनि आफ्नो समर्थन पोखरेललाई नरहेको रातोपाटीलाई बताए ।
दुबै सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेल प्रदेश प्रमुखबाट पुनःनियुक्त भइसकेका छन् । यसैगरी अर्का एमाले सांसद दुगनारायण पाण्डेले एमालेबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
श्रीवास्तव कपिलवस्तु २ ख बाट विजयी सांसद हुन् भने अर्का सांसद अजय शाही नवलपरासी १ ख बाट विजयी सांसद हुन् । हृदयश त्रिपाठीसँग नजिक रहेका उनीहरु सूर्य चिन्हबाट विजयी भएपनि स्वतन्त्र राजनीतिक समूहका रुपमा चिनिन्छन् । उनीहरुले आफूहरु एमालेकाे सदस्य नरहेकाे दावी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण