शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

३४ वर्षकी उपासना बनिन् बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत

आइतबार, १९ वैशाख २०७८, १५ : ५९
आइतबार, १९ वैशाख २०७८

युनाइटेड इन्स्योरेन्स  कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौडेललाई नियुक्त गरिएको छ । योसँगै पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत बनेकी छिन् । ३४ वर्षकी पौडेल हालसम्मकै कम उमेरमा पदमा बहाल हुन सफल भएकी छन्  ।

पौडेलको यस क्षेत्रमा एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । छिमेकी मुलुक भारतको श्री दिल्ली विश्वविद्यालयबाट एम.बि.ए सम्मको अध्ययन पुरा गरेकी उनले भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् ।

‘उहाँको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उहाँलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो,’ कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप