बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चम्कियो सेयर बजार

आइतबार, १९ वैशाख २०७८, १५ : ४५
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । आइतबार सेयर बजारमा उछाल देखिएको छ । निषेधाज्ञामा विभिन्न क्षेत्र बन्द भएसँगै  सेयर बजारतर्फ लगानीकर्ताको आकर्षण देखिन्छ ।  सेयर बजार ५४ अंकले बढेको छ । बजार समग्रमा २.०७ प्रतिशतले बढेको हो । यस दिन सेयर बजार २६६५.१० बिन्दुमा अडिएको छ । आइतबार ७ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूह हरियाली छ । 

तीनवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा माथिले बढेको छ । महिला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर यसको सेयर मूल्य ३ हजार ४ सय ३७ रुपैयाँ कायम भएको छ ।  यता विशाल बजार कम्पनीको सेयर मूल्य पनि यहि अनुपातमा बढेको छ । यसको सेयर मूल्य ५ हजार ६ सय ८ रुपैयाँ कायम भएको छ । यता सिंगटी हाइड्रोको सेयर मूल्य पनि  ९.९२ प्रतिशतले बढेर ३ सय ९९ रुपैयाँ कायम भएको छ । 

खरिद बिक्री रकममा ४२ करोड रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अगाडि छ । दोस्रोमा पुनर्बिमा र तेस्रोमा नेपाल टेलिकम रहेका छन ।  २२६ कम्पनीको १ करोड ५८ लाख कित्ताभन्दा बढी सेयर कारोबार भएको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप