बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निषेधाज्ञामा कडाइ : ५ हजार २ सय प्रहरी परिचालन, तस्बिरमा हेर्नुहोस्

आइतबार, १९ वैशाख २०७८, १४ : ५६
आइतबार, १९ वैशाख २०७८

आइतबारदेखि काठमाडौँ उपत्यकामा लागू गरिएको निषेधाज्ञामा थप कडाइ गरिएको छ । यसका लागि ५ हजार २ सय प्रहरी परिचालन गरिएको छ भने उपत्यकाभर १ सय ५१ वटा होल्डिङ सेन्टर बनाइएका छन् ।

त्यस्तै, स्पेशल चेक प्वाइन्ट ५६ स्थानमा कोन राखेर चेकजाँच गरिएको छ । त्यसबारे वृत र प्रभागका इन्चार्जहरुले आ–आफ्नो क्षेत्रमा पिकेट ड्युटी, मोबाइल र सीआरभी परिचालन गरेर आवागमनलाई निगरानी गरिरहेको छ ।

आज बिहानसम्म मात्र १ हजार १ सय ६२ मानिस तथा ४३८ सवारी होल्ड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सुशिल सिंह रठौरले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप