शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रवाह बन्द

आइतबार, १९ वैशाख २०७८, १४ : ४६
आइतबार, १९ वैशाख २०७८

पश्चिम दैलेखको आठबीस नगरपालिकाले पालिकाबाट प्रवाह गरिने सेवा वैशाख २५ गतेसम्मका लागि बन्द गरेको छ ।  
नगरपालिकाका दुई जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गरिएको हो । 

आइतबार एक विज्ञप्ति जारी गर्दै सेवा प्रवाह बन्द गरिएको पालिकाले जानकारी गराएको हो। नगरप्रमुख खड्गराज उपाध्यायले भने ,‘कर्मचारीमा कोरोना देखिएकाले अत्यावश्यक बाहेक अन्य सेवा सुविधा बन्द गरिएको हो ।’ 
भोली सोमबार  बिहान ६ बजेदेखि २५ गते राति १२ बजे सम्मका लागि सेवा बन्द गरिएको नगरपालिकाले बताएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप