विपक्षी गठबन्धनद्वारा नयाँ सरकार निर्माणका लागि प्रदेश प्रमुख समक्ष मागदाबी पेस
काठमाडौं । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सरकार निर्माणका लागि प्रदेश प्रमुख समक्ष माग दाबी पेस गरेको छ । आइतबार मध्यान्ह बसेको नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले सरकार निर्माणका लागि मागदाबी पेस गरेको हो ।
लुम्बिनी प्रदेश काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कडरियाका अनुसार संविधानको धारा ६८ उपधारा १ बमोजिम बहुमतको सरकार गठनका लागि मागदाबी पेस गरिएको छ । उनले रातोपाटीसँग भने, ‘संविधानको धारा ६८ उपधारा २ को १ बमोजिम सरकार बनाउन माग दाबी पेस गरेका छौँ । अब प्रदेश प्रमुखले कहिले मुख्यमन्त्रीमा नियुक्त गर्नुहुन्छ, गर्नु होला ।’ माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेर माग दाबी गरिएको कडरियाले जानकारी दिए ।
लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरेपछि शंकर पोखरेलको बहुमत गुमेको छ। मुख्यमन्त्री पोखरेलले ओलीसहित ४१ सांसदको हिसाब गरेका थिए। तर विमलाले माओवादी रोजेपछि पोखरेलसँग अब ४० मात्रै सांसद रहेका छन्। केसीले वलीसहित माओवादीका १८, कांग्रेसका १९, जसपाका २ र जनमोर्चाका एकजना सांसदको साथ बहुमत देखाउँदै माग दाबी गरेका हुन् । बिमला माओवादीतर्फ लागेपछि केसीको पक्षमा ४१ सांसदसहित बहुमत देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण