शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु

आइतबार, १९ वैशाख २०७८, १३ : ३६
आइतबार, १९ वैशाख २०७८

गुल्मी । गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका  ५  हसराका  ६० वर्षीय  पुरुषको घरमै मृत्यु  भएको स्वास्थ्य कार्यालय, कोभिड १९ का फोकल पर्सन  गोपाल  कार्कीले जानकारी  दिए  ।

उनका अनुसार  ती  ब्यक्ति पहिल्यै देखि  क्षयरोगका  बिरामी  थिए  ।  मृत्युपश्चात उनमा एन्टिजेन परीक्षण गर्दा  कोरोना  संक्रमण पुष्टी भएको कार्कीले बताए । पछिल्लो  गुल्मीमा दुई  हप्तामा मृत्यु हुने संक्रमितको संख्या १० पुगेको  छ  ।  

दुई हप्ताअघि १३ जनाको  मात्रै  मृत्यु  भएको  थियो  । योसहित   गुल्मीमा संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको हो । जिल्लामा कुल  संक्रमितको  संख्या २२९ पुगेको  कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप