यस्तो छ शंकरलाई संकटमा पार्ने विमलाको पत्र (पत्रसहित)
आइतबार, १९ वैशाख २०७८, १३ : २९
नेकपाबाट लुम्बिनी प्रदेशसभा सदस्यमा विजयी विमला केसी माओवादी केन्द्रमा लागेकी छिन् । उनले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई सम्बोधन गरेर पत्र लेख्दै आफू माओवादी केन्द्रमा लागेकी जानकारी गराएकी हुन् ।
उनको पत्रमा सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाबाट नेकपा पार्टी नरहेकाले आफू नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभाको दल सदस्य भइ क्रियाशिल रहन इच्छुक भएकाले सो पार्टीको दलको सदस्य माग गरिएको छ ।

सो पत्र उनले गत चैत २५ मै लेखेको भएपनि आइतबारमात्रै शुक्रबारमात्रै स्वीकृत भएको थियो । सोही पत्रपछि राजीनामा दिएर फेरि मुख्यमन्त्री बन्न दावी पेश गरेका एमाले नेता शंकर पोखरेल अल्पमतमा परेका छन् । नयाँ सरकार गठनका लागि ४१ सांसद चाहिनेमा विमला माओवादीतिर लागेपछि पाेखरेलको पक्षमा ४० सांसदमात्रै रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
-
भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
-
कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण