‘एउटा गीत’ मा मनिष र आरजुको रोमान्स
आइतबार, १९ वैशाख २०७८, १३ : ११
काठमाडौं । गायक प्रतीक पौडेलको स्वरमा रहेको गीत ‘एउटा गीत’ सार्वजनिक भएको छ । गायक पौडेलकै शब्द तथा संगीत रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो । भिडियोमा अभिनेता मनिष श्रेष्ठ र मोडल आरजु बैजुको अभिनय देख्न सकिन्छ ।
आफूले मन पराएको सुन्दरी आरजुसँग बिताएका रमाइला क्षणहरूलाई मनिषले यात्राको क्रममा कल्पना गरेका भिडियो देखाइएको छ । भिडियोमा आरजु र मनिषको जोडी सुहाएको छ । शिशिर खातीको निर्देशन रहेको भिडियोमा शंकर भुजेलको छायाँंकन र बनिश शाहको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा