बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कीटाणुनाशक केन्ट एयर प्युरिफायर नेपाली बजारमा, मूल्य कति ?

आइतबार, १९ वैशाख २०७८, १३ : ०५
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । सी.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ई.ओ.एल. प्रा.लि.ले केन्ट आल्प्स प्लस यू.भी. एयर प्युरिफायर बजारमा ल्याएको छ । यो नयाँ एयर प्युरिफायरको मूल्य ४९ हजार ९ सय ९० रहेको र नेपाल भरिका सबै प्रमुख रिटेल आउटलेटहरुबाट उपलब्ध हुने ई.ओ.एल.ले जनाएको छ ।

सबै नयाँ यू.भी. कीटाणुनाशक सुविधाको साथ प्युरिफायरले हावाबाट खतरनाक कणहरू हटाउनको लागि हेपा टेक्नोलोजी पनि प्रयोग गर्दछ । हेपा फिल्टरसँग पी.एम. २.५ सुक्ष्म कणहरु (९९.९९% सम्म निकाल्छ), पराग कण, एलर्जेन्स, सतह पालन गर्ने मोल्ड, फाइन डस्ट र धेरै समय हावामै बसिरहने गन्धहरु, नराम्रा गन्ध वा पाल्तु जनावरको गन्ध र इनडोर कार्सिनोजेन कणहरू समात्ने पनि क्षमता हुने कम्पनीले जनाएको छ ।

यू.भी. कीटाणु शोधनसँग केन्ट आल्प्स प्लस एयर प्युरिफायर एक उच्च सीएडीआर र ४०० मि.३ घण्टाको उच्च क्षमतासँग आउँदछ । जुन ४३० स्क्वायर वर्ग फिटको क्षेत्रफलको लागि आदर्श मानिन्छ । केही अन्य सुविधाहरु इन्टेलिजेन्ट एयर क्वालिटी निगरानी, र फिल्टर प्रतिस्थापन सूचकहरू, चाङल्ड लक र कम आवाज अपरेशनहरू सामेल छन् ।

केन्ट एयर प्युरिफायरले परीक्षण गरिएको र विश्वासिलो अद्वितीय डिजाइन गरिएको प्राथमिक फिल्टर प्रयोग गर्दछ । डिफेन्सको पहिलो लाइनले ठूलो र दृश्य प्रदूषकहरू हटाउँछ जस्तै ठूलो कण धुलो, कोबवेब, मलबे, मानव र घर पालुवा जनावरको कपाल त्यसपछि सक्रिय कार्बन फिल्टरले धुवाँ सहित सबै गन्ध हटाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप