संक्रमण दर ४० प्रतिशत
कोरोना संक्रमण दर शनिबार करिब ४० प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जना अर्थात् ३९.६१ प्रतिशतमा संक्रमण देखिएको छ । यो हालसम्मकै उच्च संक्रमण दर हो । यसअघि गत बिहीबार संक्रमण दर ३८.३५ प्रतिशत थियो । ‘केही दिनयता हामीकहाँ संक्रमण दर भारतको दाँजोमा बढी देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने ।
कोरोना संक्रमणले शनिबार १९ जनाको मृत्यु भएसँगै एक सातामा ज्यान गुमाएकाको संख्या १ सय ६२ पुगेको छ । हाल सरदर दुई सय जना प्रयोगशाला प्रमाणित संक्रमितमा एक जनाको मृत्यु भइरहेको छ । एक सातामा ३१ हजार ८ सय ६ जना पीसीआर प्रमाणित संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ७ सय ६ जनामा संक्रमण पाइएको छ । एक दिनमा संक्रमण पुष्टि भएको यो संख्या पनि हालसम्मकै बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मुलुकमा सक्रिय संक्रमितको संख्या हरेक दिन एकदेखि डेढ प्रतिशतका दरमा बढिरहेको छ । हाल देशभरिमा कोभिडका ४३ हजार २ सय १३ जना सक्रिय संक्रमित छन्, जुन कुल संक्रमितको १३.१४ प्रतिशत हो । एक जना संक्रमितले अन्य व्यक्तिलाई सार्ने दरसमेत केही दिनयता भारतको दाँजोमा नेपालमा बढी देखिएको छ । ‘हामीकहाँ कुनै ठाउँमा संक्रमित व्यक्ति पहिचान हुँदा उनका वरिपरिका सबैजसो कोभिड पोजिटिभ देखिने अवस्था छ,’ सहप्रवक्ता डा। अधिकारीले भने । यो समाचार कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा आज : दुबैका लागि महत्त्वपूर्ण खेलमा एकअर्कालाई चुनौती दिँदै राजस्थान र चेन्नई
-
किसानलाई अनुदानमा मौरीसहितको घार वितरण
-
सल्यानमा दम्पती मृत फेला
-
मिथुनले भने, ‘सलमानले बिहे गर्दैनन्, युवतीहरूलाई बेवकुफ मात्र बनाउँछन्’
-
गोलभेँडादेखि आलु–प्याजसम्म : यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची
-
अफगानिस्तानमा बाढीको कहर : १ सय ५० भन्दा बढीको मृत्यु