चेन्नईको दुर्भाग्य, ‘हाइस्कोर’ म्याचमा मुम्बईसँग पराजित
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार ‘हाइस्कोर’ म्याचमा चेन्नई सुपर किङ्ग्स दुर्भाग्यपूर्ण रुपमा पराजित भएको छ । साविक विजेता मुम्बई इन्डियन्सविरुद्धको म्याचमा २१९ रनको विशाल लक्ष्य दिएको चेन्नईले पराजय टार्न नसकेको हो ।
टस जितेर मुम्बईले पहिला फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २१८ रनको ‘हाइस्कोर’ खडा गरेको थियो । तर मुम्बईले खेललाई अन्तिम बलसम्मै लम्ब्याउँदै चार विकेटको जित हासिल गरेको हो ।
२१९ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि किरन पोलार्डले शानदार ब्याटिङ गर्दै ८७ रन बनाए । उनले ३४ बलमा ६ चौका र ८ छक्काको मद्दतमा उक्त रन बनाएका हुन् । यस्तै कप्तान रोहित शर्माले ३५, क्विन्टन डिककले ३८, क्रुनाल पाण्ड्याले ३२ रन बनाए ।
चेन्नइका साम करनले चार ओभरमा ३४ रन दिएर तीन विकेट लिए । यस्तै शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोइन अलीले एक/एक विकेट लिए । यसअघि चेन्नईका लागि अम्बाती रायडुले विस्फोटक ब्याटिङ गर्दै २७ बलमै ७२ रन बनाएका थिए । उनले ४ चौका र ७ छक्का प्रहार गरे । यस्तै मोइन अलीले ५८ र फाफ डुप्लेसिसले ५० रन बनाए ।
मुम्बईका लागि जसप्रित बुमराह निकै महँगा बलर साबित भए । उनले चार ओभरमा ५६ रन दिएर एक विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले चार ओभरमा ४२ रन दिएर एक विकेट लिए भने किरन पोलार्डले दुई ओभरमा १२ रन दिएर दुई विकेट लिए ।
पराजयका बाबजुद चेन्नई अंक तालिकाको शीर्ष स्थानमा छ । यस्तै मुम्बई चौथो नम्बरमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय असहयोगसँग ‘जुध्न’ भैरहवा विमानस्थलमा आधुनिक प्रणाली विकास हुँदै
-
सर्वनाममा शुक्रबारबाट ‘पत्थरको कथा’
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’