रुसको एक निजी घरमा आगलागी, एकै परिवारका आठ जनाको मृत्यु
आइतबार, १९ वैशाख २०७८, ०० : ०१
एजेन्सी । रुसको एक निजी घरमा भएको आगलागीका परी आठ जनाको मृत्यु भएको एक समाचारमा जनाइएको छ । घरमा आगो लागेको तर त्यसभित्र रहेका परिवारका सदस्य निस्किन नपाएका समाचारमा जनाइएको छ ।
पछिल्लो समाचारअनुसार सो आगलागीमा परेर दुई जना बालबालिकाको पनि मृत्यु भएको थियो । शनिबार बिहानै रुसको पर्म भन्ने क्षेत्रमा आगलागी भएको बताइएको छ । त्यसमा परेर एकै परिवारका आठ जनाको ज्यान गएको बताइएको छ ।
एक तले काठको घरमा आगो लागेको थियो । त्यसमा परेर परिवारका सदस्य सबैको ज्यान गएको थियो । यो आगलागीको घटना रहस्यमय रहेको भन्दै प्रहरीले अनुसन्धान टोली गठन पनि गरेको छ । सो टोलीले अनुसन्धान शुरु गरेको र शुरुमा त्यस घटनाका प्रत्यक्षदर्शीहरुसँग बयान लिने काम गरेको पनि बताइएको समाचारमा उल्लेख गरिएको छ । सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने