आमाको शव नजिकै भोकले छट्पटाइन् बालिका, छिमेकीले छुन पनि मानेनन्
एजेन्सी । भारतमा कोरोना संक्रमित र मृतकको संख्या दिनहुँ बढ्दो छ । अभाव र त्रासको यस घडीमा धेरै व्यक्तिहरु मानविय सेवामा दिनरात तल्लीन छन् । तर, केही त्यस्ता घटना पनि छन्, जहाँ मानवता हराएको छ । महाराष्ट्रको पिन्परी चिन्चवाडमा यस्तै दुःखद् घटना देखियो ।
यहाँ एक महिलाको मृत्युपछि उनकी एक वर्षकी छोरी भोक–प्यासले केही दिनसम्म छट्पट्टाइरहेकी थिइन् । छिमेकीहरूले यी बालिकालाई उद्धार गर्नु त टाढाको कुरा छुन पनि चाहेनन् । अन्त्यमा, शुक्रबार दुई जना महिला प्रहरीले ढोका फोडेर बालिकाको उद्धार गरे ।
भाडाको फ्ल्याटमा बस्थे दम्पती
घटना पिन्परी चिन्चवाडस्थित दिघी इलाकाको हो । उत्तर प्रदेश (युपी) स्थायी घर भएको एक दम्पती आफ्नी एक वर्षीया छोरीसँगै यहाँ एउटा फ्ल्याटमा भाडामा बस्थे । केही दिन पहिले कामले युपी गएका श्रीमान् बिरामी भएपछि उतै बसे ।
छोरीसँगै एक्लै कोठामा बसेकी महिला बिरामी भइन् । उनको निधन मंगलबार भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ, यसको दुई दिनसम्म कसैलाई पनि महिलाको अवस्थाबारे थाहा भएन । बिहीबार छिमेकमा शवको दुर्गन्ध फैलन थाल्यो । तर, कसैले मतलब राखेनन् । कोरोनाको डरका कारण कोही पनि घरभित्र छिर्न तयार भएनन् ।
शुक्रबार एक व्यक्तिले पुलिस स्टेशनमा फोन गरेर यस घटनाको जानकारी दिएपछि महिला प्रहरी अधिकृत सुशीला गाभले र रेखा बाजे घटनास्थल पुगे, ढोका फोडेर भित्र छिरेपछि उनीहरु स्तब्ध भए । एक वर्षकी शिशु शव नजिकै लडिरहेकी थिइन् र भोक–प्यासले तड्पिएकी थिइन् । यसपछि दुबै प्रहरीले बच्चालाई पुलिस स्टेशन लिएर गए र अस्पताल पठाए ।
सुशीला गाभलेका अनुसार बच्चाको हालत निकै गम्भिर थियो र केही घण्टा मात्रै ढिला भएको भएपनि दुःखद् घटना निम्तिने थियो । ‘हामीले बच्चालाई सबैभन्दा पहिले दुध र बिस्कुट खुवायौँ र डाक्टरको सल्लाहमा केही सिरप दियौँ । अहिले उनका पितालाई यसबारे जानकारी भइसकेको छ । उनी आइपुगेपछि हामी बच्चालाई उनको जिम्मा लगाउनेछौं’ गाभलेले भनिन् ।
दिघी पुलिस स्टेशनका वरिष्ठ निरीक्षक मोहन सिन्देका अनुसार बालकल्याण समितिको निर्देशनअनुसार यी शिशुलाई अहिले सरकारी चाइल्ड केयर होममा पठाइएको छ । बच्चाकी आमाको नाम सरस्वती राजेश कुमार हो, उनको उमेर २९ वर्षको थियो । प्रहरीले उनको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ । सिन्देका अनुसार प्रहरीले शिशुको उद्धारका क्रममा महिलाका छिमेकीहरूसँग सहयोग मागेको थियो, तर उनीहरुले सहयोग गर्न अस्वीकार गरे । ‘कोरोनाको डरका कारण उनीहरुले शिशुलाई छुन पनि मानेनन्’ सिन्देले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी