आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

वार्नरलाई हटाएर हैदराबादले विलियमसनलाई बनायो कप्तान

शनिबार, १८ वैशाख २०७८, २१ : २७
शनिबार, १८ वैशाख २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) मा यो सिजन निकै कमजोर प्रदर्शन गरिरहेको सनराइजर्स हैदराबादले टोलीको कप्तान परिवर्तन गर्ने निर्णय गरेको छ । सन् २०१६ मा टोलीमा च्याम्पियन बनाइसकेका कप्तान डेभिड वार्नरको स्थानमा न्यूजिल्याण्डका कप्तान केन विलियमनसनलाई टोलीको कप्तान बनाइएको हो ।

आइतबार राजस्थान रोयल्सविरुद्धको खेलमा टोलीका विदेशी खेलाडीहरुको कम्बिनेसनमा पनि परिवर्तन गरिने फ्रेन्चाइजीले बताएको छ । आईपीएलको यो सिजनमा हैदरावादले अहिलेसम्म निकै कमजोर प्रदर्शन गर्दै ६ मध्ये ५ मा हारको सामना गरेको छ । टोली लिगको आठौँ स्थानमा रहेको छ ।

चेन्नई सुपरकिंग्सविरुद्धको खेलमा हार ब्यहोरेपछि वार्नरले टोलीको कमजोर प्रदर्शनका लागि पुरै जिम्मेवारी लिएका थिए । त्यसको एक दिनपछि फ्रेन्चाइजीले कप्तान परिवर्तन गर्ने फैसला गरेको हो ।

यसअघि वार्नर शुरुवाती केही खेलपछि मनीष पान्डेलाई शुरुवाती ११ बाट हटाइएकोमा सेलेक्टरहरुको आलोचना पनि गरेका थिए ।

भास्कर दैनिक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप