नर्भिकले भन्यो– नेता खनालमा कोरोना पुष्टि, अक्सिजनको सपोर्टमा उपचार
शनिबार, १८ वैशाख २०७८, २० : ०६
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई उनी शनिवार साँझदेखि नर्भिक अस्पतालमा भर्ना भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ भने बाँकी स्वास्थ्य अवस्था सामान्य रहेको कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बास्तोलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान