बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीले आइतबार उपाधि जित्ने–नजित्ने युनाइटेडको हातमा

शनिबार, १८ वैशाख २०७८, १९ : २३
शनिबार, १८ वैशाख २०७८

क्रिस्टल प्यालेसविरुद्ध ८३ सेकेन्डको अन्तरालमा दुई गोल गर्दै म्यानचेस्टर सिटी प्रिमियर लिगको उपाधिको झनै नजिक पुगेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित भए सिटी आइतबार नै लिग विजेता बन्ने छ ।

शनिबार भएकाे खेलमा गोलरहित पहिलो हाफपछि सर्जियो अगुएरोले सिटीलाई अग्रता दिलाए भने लगत्तै फरान टोरेसले टोलीको अग्रता दोब्बर बनाए ।

अब पेप ग्वार्डिओलको टोली फेरि एक पटक प्रिमियर लिग च्याम्पियन बन्ने पक्का भएको छ । केवल कहिले बन्छ भन्ने मात्र प्रश्न बाँकी छ । ३४ खेलबाट सिटीको ८० अंक रहेको छ भने दोस्रो स्थानमा रहेको युनाइटेडको ६७ अंक रहेको छ । डिफेन्डिङ च्याम्पियन लिभरपुल ५४ अंकसहित लिगको छैटौँ स्थानमा सिमित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप