शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट अस्ट्रेलिया फर्कनेलाई ५ वर्ष जेल सजाय !

शनिबार, १८ वैशाख २०७८, १८ : ३१
शनिबार, १८ वैशाख २०७८

भारतबाट फर्किए अस्ट्रेलियन नागरिकले ५ वर्ष जेल बस्नुका साथै जरिवाना तिर्नुपर्ने भएको छ । सरकारले भारतबाट अस्ट्रेलियाको यात्रालाई अल्पकालीनरुपमा गैरकानुनी बनाएपछि यस्तो नियम लागू भएको हो । स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड–१९ को संक्रमणपछि क्वारेन्टिनमा रहेका मानिसको अनुपातको आधारमा यस्तो निर्णय लिएको जनाएको छ ।

अस्ट्रेलियाले एक हप्ताअघि भारतबाट आउने सबै उडान रद्द गरिसकेको छ । भारतमा अस्ट्रेलियाका करिब ९ हजार  नागरिक रहेको अनुमान गरिएको छ । यसमध्ये ६ सय जना जोखिम समूहमा रहेका छन् ।

अस्ट्रेलियन मिडियाका अनुसार आफ्नो देश फर्किनलाई अवैद्य बनाइएको पहिलो पटक हो । अस्ट्रेलिया फर्कने मितिभन्दा १४ दिनभित्र भारत गएकाहरुलाई सोमबारबाट अस्ट्रेलिया भित्रने प्रतिबन्ध गरिनेछ ।

नयाँ नियम पालना नगर्नेहरुलाई ५ वर्ष जेल सजाय वा ६६ हजार अस्ट्रेलियन डलर जरिवाना वा दुवै सजाय हुन सक्नेछ । यो निर्णयलाई मे १५ मा पुनः मूल्यांकन गरिनेछ ।

स्वास्थ्यमन्त्री ग्रेग हन्टले सरकारले निकै कठिन निर्णय लिएको बताए । उनका अनुसार अस्ट्रेलियाका नागरिकको स्वास्थ्य र क्वारेन्टिन व्यवस्थालाई सुरक्षित राख्न यस्तो निर्णय लिइएको हो । सरकारको यो निर्णयको देशभित्र आलोचना भइरहेको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप