भारतबाट अस्ट्रेलिया फर्कनेलाई ५ वर्ष जेल सजाय !
भारतबाट फर्किए अस्ट्रेलियन नागरिकले ५ वर्ष जेल बस्नुका साथै जरिवाना तिर्नुपर्ने भएको छ । सरकारले भारतबाट अस्ट्रेलियाको यात्रालाई अल्पकालीनरुपमा गैरकानुनी बनाएपछि यस्तो नियम लागू भएको हो । स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड–१९ को संक्रमणपछि क्वारेन्टिनमा रहेका मानिसको अनुपातको आधारमा यस्तो निर्णय लिएको जनाएको छ ।
अस्ट्रेलियाले एक हप्ताअघि भारतबाट आउने सबै उडान रद्द गरिसकेको छ । भारतमा अस्ट्रेलियाका करिब ९ हजार नागरिक रहेको अनुमान गरिएको छ । यसमध्ये ६ सय जना जोखिम समूहमा रहेका छन् ।
अस्ट्रेलियन मिडियाका अनुसार आफ्नो देश फर्किनलाई अवैद्य बनाइएको पहिलो पटक हो । अस्ट्रेलिया फर्कने मितिभन्दा १४ दिनभित्र भारत गएकाहरुलाई सोमबारबाट अस्ट्रेलिया भित्रने प्रतिबन्ध गरिनेछ ।
नयाँ नियम पालना नगर्नेहरुलाई ५ वर्ष जेल सजाय वा ६६ हजार अस्ट्रेलियन डलर जरिवाना वा दुवै सजाय हुन सक्नेछ । यो निर्णयलाई मे १५ मा पुनः मूल्यांकन गरिनेछ ।
स्वास्थ्यमन्त्री ग्रेग हन्टले सरकारले निकै कठिन निर्णय लिएको बताए । उनका अनुसार अस्ट्रेलियाका नागरिकको स्वास्थ्य र क्वारेन्टिन व्यवस्थालाई सुरक्षित राख्न यस्तो निर्णय लिइएको हो । सरकारको यो निर्णयको देशभित्र आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण