सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

गुल्मीमा पनि जारी भयो निषेधाज्ञा

शनिबार, १८ वैशाख २०७८, १८ : २२
शनिबार, १८ वैशाख २०७८

गुल्मीमा  आज राति १२ बजेदेखि  वैशाख २५  गते  शनिबार राती  १२ बजेसम्मका लागि  निषेधाज्ञा जारी  भएको छ  ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी  शर्माद्वारा  जारी  निषेधाज्ञा आदेशमा  यस  अवधिभर  औषधि उपचार र  अत्यावश्यक कामबाहेक  घरबाहिर  ननिस्किन  अपिल  गरिएको  छ  ।
सबै प्रकारको  गोष्ठी ,  तालिम  सभा  सम्मेलन लगायतका  कार्यक्रम नगर्न,  तालिम  केन्द्र विद्यालय  ,  सिनेमा हल, पार्टी प्यालेस,  होटेल  रेष्टुरेन्ट पसल  लगायत पुर्णरुपमा  बन्द  गर्ने  भनिएको छ  ।

निषेधाज्ञाको  कसैले  उलंघन  गरे  संक्रमण ऐन  २०२०  तथा  स्थानीय प्रशासन ऐन  २०२८  बमोजिम  कार्बाही  गरिने  चेतावनी दिइएको  छ  ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप