शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चक्कु प्रहारबाट मृत्यु, ३ जना फरार

शनिबार, १८ वैशाख २०७८, १७ : २४
शनिबार, १८ वैशाख २०७८

धनुषाको हंसपुर नगरपालिका-६ तीलही बस्ने २५ वर्षीय शम्भु मण्डलको धारिलो हतियार चक्कु प्रहारबाट शनिबार बिहान मृत्यु भएको छ ।
घरायसी विवादको कारण झै-झगडा हुँदा शम्भुलाई आफ्नै श्रीमती २३ वर्षीया शुसीला देवी मण्डल तथा शम्भुकै भाइहरू २४ वर्षीय संजय भन्ने जय मण्डल र २३ वर्षीय अनिल मण्डलले चक्कु प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
हाल फरार तीनै जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप