शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थापालाई पितृशोक

शनिबार, १८ वैशाख २०७८, १७ : ०८
शनिबार, १८ वैशाख २०७८

अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित ईनेप्लिजका प्रधान सम्पादक विश्वराज थापा तथा सम्पादक विजय थापालाई पितृशोक परेको छ । उनीहरुका पिता हेडम बहादुर थापाको ९० बर्षको उमेरमा निधन भएको हो ।

सम्पादक विजय थापाका अनुसार आज बिहान ३ बजे निजी निवास काठमाडौमा हृदयघातबाट निधन भएको हो । नेपालको धनकुटा मुगा गाउँपालिका घर भै हाल बालुवाटार निवासी स्व थापाका पाँचै छोराहरु परिवार सहित अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्छन्  ।

 स्व थापा लामो समय सम्म शिक्षण पेशामा रहेका थिए भने ग्लोबल भ्वाइस इन्टरनेसनल भन्ने मासिक पत्रिकाको सम्पादक रही केही बर्ष काम समेत गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी भाषामा स्नातकोत्तर गरेका स्व थापाले कलेज(महाविद्यालय)मा पनि प्राध्यापन गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप