बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा थप  दुई संक्रमितको मृत्यु

शनिबार, १८ वैशाख २०७८, १४ : ०६
शनिबार, १८ वैशाख २०७८

गुल्मी ।  गुल्मीमा  थप  दुई  कोरोना  संक्रमितको  मृत्यु  भएको   छ  । कोभिड–१९  व्यवस्थापन केन्द्र  गुल्मीका  फोकल  पर्सन  गोपाल कार्कीका  अनुसार  रेसुङ्गा  नगरपालिका १  तम्घासमा  बस्दै  आएका  ४८  वर्षीय पुरुषको  आज  बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु  भएको  हो ।
त्यस्तै  बुटवलमा बस्दै  आएकी  इस्मा गाउँपालिका  की  ७६  वर्षीया महिलाको पनि भैरहवा युनिभर्सल  मेडिकल कलेजमा  मृत्यु  भएको  कार्कीले  बताए  ।
यो  सहित गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२  पुगेको  छ  ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप